केन्द्रीय बैंकलाई वित्तीय स्थायित्वमा विशेष ध्यान दिन काँग्रेसको सुझाव – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

केन्द्रीय बैंकलाई वित्तीय स्थायित्वमा विशेष ध्यान दिन काँग्रेसको सुझाव

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, काठमाडौं
नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले वित्तीय स्थायित्वका लागि विशेष ध्यान दिन सुझाव दिएको छ । आज कांग्रेसको आर्थिक समितिले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वित्तीय स्थायित्व र आर्थिक वृद्धि हासिल गर्नका लागि मद्दत पुग्ने किसिमको मौद्रिक नीति केन्द्रीय बैंकले तर्जुमा गर्नुपर्ने बताउनुभएको हो । डा. महतले बैंकलाई प्रोत्साहन गरेर एक आपसमा गाभ्नुपर्नेमा जोड दिनुभयो । उहाँले वित्तीय स्थायित्व, ब्याजदर स्थायित्व, मुद्रास्फिति नियन्त्रण, आर्थिक वृद्धिदर हासिलमा सहयोग, रोजगारी सिर्जनामा मद्दत पु¥याउने खालेको मौद्रिक नीति ल्याउन केन्द्रीय बेंकलाई सुझाव दिनुभयो । पूर्व अर्थमन्त्री महतले उद्योगी–व्यवसायीलाई सहुलियत ऋण उपलब्ध गराउनका लागि पुनरकर्जा कोषको आकार बढाएर दुइ खर्ब भन्दा माथि बनाउन समेत सुझाव दिनुभयो ।

अहिले दुइ खर्बको बनाउने भन्ने विषयमा छलफल भइरहेको भन्दै उहाँले यसलाई दुइ खर्ब भन्दा पनि बढी बनाउनु पर्ने बताउनुभयो । उहाँले यस्तो कर्जा तीन प्रतिशत ब्याजदरमा उपलब्ध गराउने व्यवस्था पनि मौद्रिक नीतिले गर्नु पर्ने बताउनुभयो । उहाँले वाणिज्य बैंकमा तरतला अभाव हुने समस्या आउन नदिनका लागि पनि मौद्रिक नीतिले तर्जुमा गर्नु पर्ने बताउनुभयो । उहाँले बैंकको मर्जरको विषयमा जर्वजस्त गर्न नहुने बताउनुभयो । जथाभावी पुँजी बढाएर बैंकलाई एक आपसमा गाभ्न नहुने उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्