उद्योग वाणिज्य संघ बजार स्थापनामा लाग्नुपर्छ : अध्यक्ष शर्मा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

उद्योग वाणिज्य संघ बजार स्थापनामा लाग्नुपर्छ : अध्यक्ष शर्मा

    मा प्रकाशित

दाङ, २२ वैशाख ।

नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्याेग वाणिज्य संघले बजार स्थापनामा जाेड दिन आवश्यक रहेकाे बताएका छन् ।

नारायणपुर उद्योग वाणिज्य संघकाे २० ओैँ साधारणसभामा बाेल्दै अध्यक्ष शर्माले व्यवसाय चलायमान बनाउनका लागि संघले बजार स्थापना तथा व्यवस्थापनमा जाेड दिन आवश्यक रहेकाे बताएका हुन् ।

`संघले व्यापार, व्यवसाय प्रवर्द्धनका लागि बजार व्यवस्थापनमा लाग्नुपर्छ । बजारलाई चलायमान बनाउनका लागि स्थानीय उपभोक्ताका मागलाई पूरा व्यवसाय सञ्चालन गर्नुपर्छ । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने पर्यटन व्यवसाय सञ्चालन गर्न आवश्यक छ । शिक्षा, स्वास्थ्य, संस्कृति लगायतका क्षेत्रलाई सम्बाेधन गर्ने याेजना संघले बनाउनुपर्छ ।´ अध्यक्ष शर्माले थपे, `स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गरी स्थानीय उत्पादन बृद्धिलाई जाेड दिन सक्नुपर्छ । स्थानीय विशेषतालाई प्रचारप्रसार गरी बजार चलायमान बनाउन संघले भूमिका खेल्नुपर्छ । ´

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्वल कसजु , स्मारिका २०८१ का लेखकका तर्फबाट डा. सुदीप गाैतम, दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष बसन्त जाेशी, विजाैरी उद्याेग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी , सिद्ध रत्ननाथ माविका प्रधानाध्यापक उत्तम खनाल, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष कुलप्रसाद रजाैरे, राजनीतिक दफका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी घाेराही उपमहानगरपमलिका वडा नम्बर १० का सभापति कृष्ण न्याैपाने, संस्थापक अध्यक्ष बलदेव शर्मा, सम्पूर्ण व्यवसायीका तर्फबाट अनिल बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

स्मारिका – २०८१ विमाेचन

संघले २० ओैँ साधारणसभाकाे अवसरमा प्रकाशन गरेकाे स्मारिका २०८१ काे विमाेचन गरिएकाे छ । स्मारिकाकाे विमाेचन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्याेग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले गरेका थिए । संघले पहिलाे स्मारिका प्रकाशन गरेकाे हाे । स्मारिकामा संघका गतिविधि तथा नारायणपुर क्षेत्रका विभिन्न आयामलाई समेटेर तयार पारिएकाे छ ।

उत्कृष्ट विद्यार्थी सम्मान

एसइईमा २०७९उत्कृष्ट जिपिए प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान गरिएकाे छ । सामुदायिक विद्यालयतर्फ हापुर मावि निघुवारका छात्र सुनिल चाैधरी र जनजागृति मावि लमडरूवाका छात्रा राेशनी घर्तीलाई सम्मान गरिएकाे थियाे ।
त्यस्तै संस्थागत विद्यालयतर्फ पशुपति विद्याश्रमका छात्र प्रयत्न लम्साल र छात्रा प्रशंसा शर्मा, स्वर्गद्वारी इङलिस बाेर्डिङ स्कुलका छात्र आशिष चाैधरी र लिटिलभ्याली बालबाटिकाका आदर्श रावतलाई सम्मान गरिएकाे थियाे ।

सामाजिक व्यक्तिलाई सम्मान

संघले २०ओैँ साधारणसभाकाे अवसरमा सामाजिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तिलाई सम्मान गरेकाे छ । सामाजसेवी प्रेमबहादुर डाँगी, नारायणपुर खानेपानी उपभाेक्ता तथा सरसफाइ समितिका अध्यक्ष कुलप्रसाद रजाैरे, व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेवापत अशाेक याेगीलाई सम्मान गरिएकाे थियाे ।

संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे कार्यक्रममा मानार्थ सदस्य माधव पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा संघका महासचिव बसन्त न्याैपानेले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष रेखा केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संघका वाणिज्य उपाध्यक्ष तिलक महराकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण महासचिव बसन्त न्याैपानेले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्