रास्वपाका चार मन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र, सम्पत्ति सार्वजनिक गरिदिन आग्रह – Kanika Khabar
Sunday, May 19Nepali News Portal

रास्वपाका चार मन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र, सम्पत्ति सार्वजनिक गरिदिन आग्रह

    मा प्रकाशित

काठमाडौँ, २४ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्पति सार्वजनिक गरिदिन आग्रह गरेका छन् । रास्वपाबाट सरकारमा रहेका चारजना मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका हुन् ।

रास्वपाबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका रवि लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले छुट्टाछुट्टै पत्र लेखी आफ्नो सम्पत्ति विवरण नेपाली नागरिक र सञ्चारमाध्यमको जानकारीका लागि सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।।

देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्न सदाचार र असल आचरण महत्त्वपूर्ण हुने बताउँदै उनीहरूले त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण बुझाए पनि त्यहाँबाट सार्वजनिक नगरिएको जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाबाट मन्त्री बनेका कसैको पनि सम्पत्ति विवरण अहिलेसम्म सार्वजनिक गरेको छैन ।

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्