विश्वास गुमाउँदै ट्रम – Kanika Khabar
Friday, March 29Nepali News Portal

विश्वास गुमाउँदै ट्रम

    मा प्रकाशित

एजेन्सी

बैशाख १७ ।
अमेरिकी नागरिकले राष्ट्रपति डोनाल्ड ट्रमका कुरामाथि विश्वास गर्न छाडेका छन् । राष्ट्रपति ट्रम्पले कोरोनाका बारेमा भनेका कुरामा अमेरिकी नागरिकलाई विश्वास नभएको एक अध्ययनले देखाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण कार्यशैलीको लागि उनको आलोचना हुँदै आएको छ ।
हालै ट्रम्पले किटाणुनाशकलाई संक्रमितको रगतमा हालेर कोरोना भाइरसको उपचार गर्न सकिने बताएका थिए । उनको यस भनाइको स्वास्थ्य विशेषज्ञहरूले तत्कालै विरोध गरेका थिए । पछि उनले यसलाई आफूले ठट्टा गरेको भन्दै बचाउ गरेका थिए । रोयटर्सले मंगलबार सार्वजनिक गरेको लगभग सबैजसो सहभागीले ट्रम्पको सो भनाइ नपत्याएको बताएका छन् । अप्रिल २७ देखि २८ मा गरिएको अध्ययनमा आधा भन्दा अलिकति कम (५७५) वयस्क नागरिकहरूले मात्र आफूलाई ट्रम्पले कोरोना भाइरससम्बन्धी भनेका कुरामा ’केही मात्रामा’ वा ’पूरा विश्वास लाग्ने’ बताएका थिए । यो संख्या भनेको मार्चको अन्त्यमा ट्रम्पको कुरा मान्छौं भन्ने अध्ययनको भन्दा १५ प्रतिशतले कम हो ।
यसैगरी सहभागीमध्येका झण्डै ९८ प्रतिशत अमेरिकीले उनीहरूलाई कोरोनाको संक्रमण भएमा कहिल्यै डोनाल्ड ट्रम्पको किटाणुनाशकको सुई लगाउने सुझाव नमान्ने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्