हुम्लाको ताँजकोटमा २२ घर दलित बस्ती पहिरोको जोखिममा – Kanika Khabar
Saturday, May 30Nepali News Portal

हुम्लाको ताँजकोटमा २२ घर दलित बस्ती पहिरोको जोखिममा

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, हुम्ला
हुम्लाको ताँजकोट वडा नम्बर चारमा आज बिहान गएको पहिरोका कारण खर्र्राको दलित वस्तीका २२ घरधुरीले बस्ती छोडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरोबाट दलितबस्तीका सबै घर भत्कीने अवस्था आएपछि आज बिहानैदेखि सबैले घर छोडेर अन्यत्र बसेको उनिहरुले बताएका छन् । पहिराले दुई घर बगाएको छ, भने अन्य सबै घर बगाउने अवस्था आएपछि विहानदेखि बस्तीका सबै घर परिवारले देउला गैह्रामा पाल टाँगेर बसेको पहिरो स्थलबाट धनसुर परियारले जानकारी दिनुभयो । माथिबाट आएको सुख्खा पहिरोले घर भत्किने अवस्था भएपछि, सबै घरका स्थानीयले घर खाली गरेर बारीमा सरेको पीडित तुथा परियारले बताउनुभयो । पहिरो स्थलबाट प्रहरी चौकी निकै टाढा भएपछि क्षतीको एकिन विवरण आउन सकेको छैन । पहिरो गएर दलित बस्ती जोखिममा रहेको खबर आफुले पाएको हुम्लाका प्रमूख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताउनुभयो । आफुले खबर पाएलगत्तै कवाडी सिमा प्रहरी चौकीको टोलीलाई स्थलगत रुपमा बुझ्न पठाएको उहाँले बताउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्