मावि सौडियारमा नैतिक शिक्षाको पढाइ सुरु – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

मावि सौडियारमा नैतिक शिक्षाको पढाइ सुरु

    मा प्रकाशित

घोराही, वैशाख २८ ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित मावि सौडियारले विद्यालयमा नैतिक शिक्षाको पठनपाठन सुरु गर्ने भएको छ । विगतका वर्षहरुमा नैतिक शिक्षाको पढाइ रोकिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा पुर्व विव्यस अध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यतामा बसेको विव्यस बैठकले विद्यार्थीहरुमा नैतिकवान, चरित्रवान, अनुशासित बनाउन विद्यालयमा नैतिक शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरेको हो । नैतिक शिक्षाको पठनपाठनसँगै विद्यालयले लिने विभिन्न समयका परीक्षाहरुमा आन्तरिक मुल्याङ्कन गरेर नतिजा प्रकाशन गर्ने पनि निर्णय भएको शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कवरले बताए । बालबच्चामा नैतिक शिक्षाको कमिले मानवता सेवा पनि कमजोर बनिरहेको अवस्थामा सानै कक्षादेखि नैतिक शिक्षाको पठनपाठन सुरु भएमा विद्यार्थीमा नैतिकवान, चरित्रवान बनाउन सहयोग पुग्ने अपेक्षा राखेर विब्यसवाट यो निर्णय गरिएको र हप्तामा एक दिन सामाजिक विषय पढाउने शिक्षकलाई नै नैतिक शिक्षा पढाउने जिम्मा दिने पनि तयारी गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीले बताए ।

यसैगरेर विब्यस बैठकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षामा नडराई निर्धक्क भई लेखन सिपको विकास गराउने उद्देश्य राखेर मासिक रुपमा परीक्षा गराउने र मासिक रुपमा परीक्षा सञ्चालन गर्न अभिभावकबाट न्यून रकम सहयोग शुल्क लिने पनि निर्णय गरेको शिक्षक अभिभावक संघका अध्यक्ष कवरले बताए । बच्चाको शैक्षिक सुधारका निमित्त यो कदम चालिएको र मासिक परीक्षा भनेपछि विद्यार्थीले केही न केही पढेर आउने र त्यो उत्तरपुस्तिकामा लेख्नैपर्ने वाध्यता बनाएपछि जुनसुकै परीक्षा भन्दा विद्यार्थीको मनमा उब्जने एक खालको डर हट्दै जाने विश्वास लिईएको उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्