काभ्रेमा एक युवकको रुहमा बाँधी आगो लगाएर हत्या – Kanika Khabar
Monday, May 20Nepali News Portal

काभ्रेमा एक युवकको रुहमा बाँधी आगो लगाएर हत्या

    मा प्रकाशित

काभ्रे, २८ वैशाख ।
काभ्रेमा एक युवकको निर्ममपूर्ण ढङ्गले हत्या गरिएको छ । आज शुक्रबार बिहान साढे ८ बजे जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ४ जिरोकिलोमा एक युवक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सडकबाट करिब ५० मिटर तल बिराजे खोल्चा वनमा एक पुरूषलाई मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी २५ वर्षको जस्तो देखिने मृतक पहिचान खुलेको छैन। शव सडिसकेको अवस्थामा छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्