खोटाङमा ७६ प्रतिशत रोपाँइ सकियो – Kanika Khabar
Friday, April 26Nepali News Portal

खोटाङमा ७६ प्रतिशत रोपाँइ सकियो

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, खोटाङ
खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाँइ भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाँइ हुँदै आएकामा आइतबारसम्म ७६ प्रतिशत क्षेत्रफलमा रोपाँइ सकिएको हो । यसवर्ष बेलैदेखि पर्याप्त वर्षात् भएका कारण छिट्टै रोपाँइ भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताउनुभयो । बेंसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्राउन बाँकी भएकाले रोपाँई हुन बाँकी छ । चैते धान र मकै भित्राएपछि बेँसी क्षेत्रमा रोपाँइ हुने ज्ञान केन्द्रका प्रमुख राईको भनाइ छ । जिल्लामा कुल १४ हजार १ सय ५९ हेक्टर खेत भए पनि १२ हजार ८ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्