नेकपा विवाद : बैठकमा बाजी मार्न खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै छलफल – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा विवाद : बैठकमा बाजी मार्न खुमलटार र बालुवाटारमा छुट्टाछुट्टै छलफल

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, काठमाडौं
नेकपाको आन्तरिक विवादले पर्टिलाई थप जटिलता तर्फ ढकेलेको छ । अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा नेताहरुको पुरानै अडानले पार्टिलाई थप जटिल मोडमा ढेकलेको हो ।
विहिवार बालुवाटारमा भएको वार्ता सकारात्मक नभएपछि विहिवास साँझ देखि नेकपाका नेताहरु बालुवाटार र खुमलटार केन्द्रमा केन्द्रित भएका छन । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु र ओली पक्षका नेताहरु बालुवाटारमा छलफलमा जुटेका हुन् ।

बालुवाटारमा ओलीसहित महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ लगायत सहभागी छन् । त्यसैगरी खुमलटारमा बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शक्य, भीम रावल, जनार्दन शर्मा लगायतका नेताहरुबीच छलफल भएको हो ।

ओली प्रचण्डले बिहीबार वरिष्ठ नेता नेपाललाई पनि वार्तामा सहभागी गराएपनि यसअघि एक्लाएक्लै वार्ता गरेका थिए । त्रिपक्षीय वार्तामा समेत नेताहरुले आआफ्नै अडान रह्यो । वर्तामा सहमति कायम हुन सकेन र पनि यसअघि नै तय भएको शुक्रबारको स्थायी कमिटी बैठक भने नरोक्ने सहमति भएको छ ।

बिहीबार पनि प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए भने ओलीले आफु राजीनामा नगर्ने बरु स्थायी समिति बैठक फेस गर्ने बताएका थिए ।

प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेता पनि ओलीले भने दुवै पदबाट राजिनामा नदिने भन्दै सकेको गरेर देखाउन चुनौती दिँदै आएका छन् । विहिवार साझ प्रधानमन्त्री निवासमा ओली पक्षधर र प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–माधव पक्षधरहरुको उपस्थिति भोलि वस्ने स्थायि कमिटिको वैठकको आन्तरिक गृहकार्याकालागि नेताहरुको उपस्थिति बाक्लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्