मा प्रकाशित
कनिका खबर
साउन २, लमजुङ ।
क्वारअन्टिनमा रहेकाहरुले आत्महत्या गर्ने जारी नै रहेको छ । आज लमजुङ जिल्लाको एक क्वारअन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्वहोलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनी असार ३१ गतेदेखि वडा नम्बर ९ स्थित बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।