आज नेपालमा थप १ सय १ जनामा कोरोना सङ्क्रमण, थप एक जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आज नेपालमा थप १ सय १ जनामा कोरोना सङ्क्रमण, थप एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन २, काठमाडौं ।
आज नेपालमा थप १ सय १ जनामा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । आज २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । यो ६६ दशमलब १२ प्रतिशत हो । नेपालमा संक्रमितको संख्या भने १७ हजार ४ सय ४५ पुगेको छ । हाल ५ हजार ८ सय ७१ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टाइनमा भने २२ हजार ७ सय ५६ जना रहेका छन् । आज ४ हजार ६ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्