नेकपाको स्थायी कमिटी बैठक पर्सि सम्मको लागि स्थगित – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक पर्सि सम्मको लागि स्थगित

    मा प्रकाशित

कनिका खबर
साउन २, काठमाडौं ।
विवादका कारण पटक, पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक फेरि दुईदिन पछाडी सरेको छ । शीर्ष नेताले छलफल गरेर विवाद मिलाउने नाममा फेरि बैठक पर्सि असार ४ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठक विहान ११ बजेका लागि बोलाइएको भएपनि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको परामर्शले बैठक फेरि दुईदिन पर सारिएको छ । आज बिहान अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेपछि पनि बैठक दिउँसोका लागि सारिएको थियो । विवाद समाधानका लागि निकास खोज्ने अन्तिम सम्मको प्रयास पनि असफल भएपछि ओली र प्रचण्ड–नेपाल समूहले आ आफ्नो रणनीति बनाएका छन् । हिजो राति अवेर सम्म बालुवाटार र खुमलटारमा छुट्टा–छुट्टै छलफल भएका छन् । असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै आज सम्मका लागि बैठक स्थगित गरिएको थियो । हिजो बालुवाटारमा भएको अध्यक्ष द्वय ओली र प्रचण्ड अनि वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा कुनै सहमति नभए पनि आजका लागि बोलाइएको स्थायी ममिटिको बैठक नरोक्ने सहमति भएको थियो । यसैबीच स्थायी कमिटी स्थगित भएपनि सचिवालय बैठक भने बोलाइएको छ । आज भएको दुइ अध्यक्षबीचको छलफलमा भोलिका लागि सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्