भारतमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या १० लाख नाघ्यो – Kanika Khabar
Thursday, February 13Nepali News Portal

भारतमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या १० लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ
भारतमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण सङ्क्रमित हुनेको संख्या १० लाख तीन हजार आठ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार नौ सय ५६ नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा निरन्तर कोरोना भाइरसका एकैदिन थपिने संख्याले रेकर्ड बनाइरहेको छ । अहिलेसम्म विश्वभर अमेरिका, ब्राजिल र भारतमा मात्र कोरोना भाइरसका १० लाखभन्दा बढी सङ्क्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २५ हजार नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २५ हजार ६ सय ६४ जनाको मृत्यु भइसकेको छ । यसैबीच, विश्वभरि नै कोरोना भाइरसका कारण एक करोड ३९ लाख ५३ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । हाल सम्म विश्वभर नै गरेर पाँच लाख ९२ हजार सात सय ७८ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । हाल सम्म ८२ लाख ८५ हजार मानिस भने सङ्क्रमित भएपछि पनि स्वस्थ्य भएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्