तुलसीपुरमा दुध तथा दुग्धजन्य पदार्थको मुल्य बढ्यो – Kanika Khabar
Tuesday, October 13Nepali News Portal

तुलसीपुरमा दुध तथा दुग्धजन्य पदार्थको मुल्य बढ्यो

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर, २ साउन

तुलसीपुरमा दुध तथा दुग्धजन्य उत्पादनको मुल्य बढ्ने भएको छ । तुलसीपुरका डेरी व्यवसायीहरुको शुक्रवार बसेको बैठकले भोलि साउन ३ गतेदेखि लागु हुनेगरी दुध तथा दुग्धजन्य उत्पादनको मुल्य बढाउने निर्णय गरेका हुन् ।

दुधको मुल्य वृद्धिका लागि लामो समयदेखि किसानह?ले माग गर्दे आएका थिए । किसानह?को दुध उत्पादनको लागत मुल्य नउठेको भन्दै दुधको. मुल्य वृद्धिका लागि माग गरेको व्यवसायीक पशुपालक किसान शसीराम बुढाथोकीले बताए ।

डेरी व्यवसायीहरुले निणर्य गरे अनुसार नेपाल सरकारले तोकेको गुणस्तरको एक लिटर दुधको खुद्रा मूल्य अब देखि ८० रुपैया हुने भएको छ । त्यसैगरी एक लिटर दहिको खुद्रा मूल्य ९० रुपैया, एक किलोग्राम घ्यूको खुद्रा मुल्य १ हजार २ सय रुपैया र एक किलोग्राम पनिरको मुल्य सात सय ?पैया निर्धारण गरिएको डेरी व्यवसायी गणेश डेरी उद्योगका सञ्चालक विनिल केसीले बताए ।

त्यसैगरी डेरी व्यवसायीहरुले गुणस्तरका आधारमा दुध खरिद गर्ने भएका छन् सोहि अनुसार किसानबाट डेरी उद्योगले खरिद गर्ने दुधको मूल्य समेत निर्धारण गरेका छन् । जस अनुसार प्रति फ्याट छ रुपैयाँ र प्रति एस.एन.एफ. तिन रुपैया १९ पैसा दुधको खरिद मुल्य निर्धारण गरिएको छ ।

फ्याट र एस.एन.एफका आधारमा आउने रकममा प्रति लिटर दुधमा थप चौध रुपैयाँ जोडेर आउने रकममा दुध खरिद गर्ने डेरी व्यवसायी साकार सौरभ डेरी उद्योगका सञ्चालक साकार खड्काले जानकारी दिए ।

दुध तथा दुग्ध जन्यपदार्थको मुल्य बढाउने विषयमा गत असार ३० गते तुलसीपुर उपमहानगरपालिका पशुविकास शाखाको संयोजनमा डेरी व्यवसायी, दुग्ध उत्पादक किसान र अन्य सरोकारवाला पक्षको बिचमा भएको थियो ।

छलफलले नेपाल सरकारले तोके बमोजिमको दर रेटमा कम नहुने गरी दुधको मुल्य समायोजन गर्ने भन्ने निणर्य अनुसार तुलसीपुर क्षेत्रमा दुध तथा दुग्धजन्य पदार्थको खरिद तथा विक्रि मुल्य समायोजन गरिएको हाम्रो पहुँच डेरी उद्योग सञ्चालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताए ।

दाङको घोराही क्षेत्रमा गत बर्षदेखि नै दुध प्रति लिटर ८० रुपैयाँ र दहि प्रति लिटर ९० रुपैयाँ बिक्रि हुँदै आएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्