फेरि तीन जनामा भेटियो कोरोना – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

फेरि तीन जनामा भेटियो कोरोना

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १७, दाङ ।
बुधबार थप तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण देखिएका तीनजना मध्ये दुई जना बारा र एक जना वीरगन्जका रहेका छन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । मङ्गलबार कोरोना पुष्टि भएका रौतहटका दुईजना संक्रमितको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएका छन् । अहिले नेपालका विभिन्न स्थानमा ४१ जनाको उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्