देशका विभिन्न ठाउँमा सलह सक्रिय तर सरकार भन्छ, सलहका लागि नेपालको मौसम प्रतिकुल – Kanika Khabar
Monday, May 25Nepali News Portal

देशका विभिन्न ठाउँमा सलह सक्रिय तर सरकार भन्छ, सलहका लागि नेपालको मौसम प्रतिकुल

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं
नेपालमा सक्रिय सलहको झुण्डले खेतीबाली खाने क्रम रोकिएको छैन । हिजो सुर्खेत, बाँके, कञ्चनपुर, जाजरकोट लगायतका जिल्लामा सलह सक्रिय भएका छन् । सलहले किसानले लगाएको धान, मकै, कोदो लगायतको अन्नबाली खाएर सखाप पार्न थालेको छ । जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर ३ मा लगाईएको धान, मकै, कोदो, बदाम लगाएतका बाली सलहले खाइदिएको स्थानीय महेन्द्र आचार्यले सीआईएनसँग बताउनुभयो । नेपालको मौसम अनुकुल नहुने भएकाले अब भने बिस्तारै सलह हराएर जाने प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेब हुमागाइले बताउनुभयो । यसअघि सलहले कपिलबस्तु, मकवानपुर, प्युठान, दाङ, पर्वत लगाएत स्थानको बालीनालीमा क्षति पु¥याएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्