पाँच दिन ठूलो वर्षाको सम्भावना, सतर्क रहन विभाग र प्राधिकरणको अनुरोध ।। – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पाँच दिन ठूलो वर्षाको सम्भावना, सतर्क रहन विभाग र प्राधिकरणको अनुरोध ।।

    मा प्रकाशित

कनिका खबर
साउन ३, दाङ
भोलीदेखि पाँच दिन देशभर ठूलो वर्षा हुने र वर्षाका कारण बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विपद् विज्ञहरूले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई भोलीदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा गई ज्यान जोगाउन सल्लाह दिनुभएको छ । मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरी ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले विशेषगरी भोलिदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलको अध्यक्षतामा जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, ऊर्जा तथा जलस्रोत विभागसहितले हिजो संयुक्त पत्रकार सम्मेलन गर्दै भोलीदेखि ८ गतेसम्म ठूलो पानी परेर बाढीपहिरो जानसक्ने भएकाले सबैलाई सतर्क रहन आह्वान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थान र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्