नेपालमा कोरोना सङ्क्रमितको संख्या घट्दै, आज ५७ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, June 11Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमितको संख्या घट्दै, आज ५७ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं
नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १७ हजार ५ सय ३ पुगेको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा १ सय ३ जना कोरोना सङ्क्रमित स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएको भन्दै नेपालमा हालसम्म कोरोना सङ्क्रमित निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको पनि बताउनुभयोे । यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३१ पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ भने ५ हजार ८ सय २५ जना आइसोलेशनमा रहेका छन् । यस्तै २३ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्