भक्तपुरमा यसवर्ष जात्रा एवं पर्व औपचारिकतामा मात्रै सिमित – Kanika Khabar
Saturday, August 15Nepali News Portal

भक्तपुरमा यसवर्ष जात्रा एवं पर्व औपचारिकतामा मात्रै सिमित

    मा प्रकाशित

कनिका खबर
साउन ३, भक्तपुर
भक्तपुर नगरपालिकाले यसवर्ष जात्रा एवं पर्वमा औपचारिकतामा मात्रै सिमित गर्ने भएको छ । भक्तपुर नगरपालिका नगर कार्यपालिकाको बैठक र सरोकारवालासंगको छलफलले जात्रा एवं पर्वलाई औपचारिकतामा मात्रै सिमित गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । साउन कृष्ण चतुर्दशीका दिन मनाउने गाँथामुग अर्थात घन्टाकर्ण पर्व यसवर्ष भोलि परेको छ । यो पर्वमा नर्कट तथा छ्वालीबाट बनाइएका घण्टाकर्ण अर्थात गाँथामोगलाई भक्तपुरमा रहेका नेवार वस्तीबाट सर्वसाधारणले बाजागाजासहित प्रत्येक दोबाटो, तीनदोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्