बलिउड अभिनेता इरफान खानकाे निधन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बलिउड अभिनेता इरफान खानकाे निधन

    मा प्रकाशित


कनिका डेस्क

बैशाख १७, दाङ।
बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।
अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।
गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केपछि कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठिक थिएन ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

२०११ मा उनले कला को क्षेत्रमा योगदानको लागि पद्म श्री सम्मान पाएका थिए जुन भारतको चौथो सर्वोच्च नागरिक सम्मान हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्