पर्वतमा क्वारेण्टाईनमा बसेका एक जनाको मृत्यु – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

पर्वतमा क्वारेण्टाईनमा बसेका एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ३, पर्वत
पर्वतमा क्वारेण्टाईनमा बसेका एक जनाको मृत्यु भएको छ । जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ६ का ५२ वर्षिय यामबहादुर भारतीको आज बिहान मृत्यु भएको हो । गाउँपालिकाको केन्द्र हुवासमा रहेको जनसेवा सँस्कृत माविको क्वारेण्टाईनमा बस्दै आएका भारतीको मृत्यु भएको पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार क्वारेण्टाईनमा बस्दै आएका भारती हिजो रिंगटा लागेर ढलेका र उपचारका लागि पोखरा स्थित गण्डकी अस्पताल लगिएको थियो । अस्पतालमा पु¥याएका उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतक भारती भारतबाट असार १६ गते कुस्मा आएका थिए भने कुस्माको पुलिङ क्वारेन्टाईनमा बसेका थिए । असार २३ गते कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि २४ गते दुई हप्ताका लागि सामुदायिक क्वारेन्टाईनमा राख्न २४ गते हुवास पठाइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्