बोक्सीको आरोपमा पर्सामा एक महिलालाई दुव्र्यवहार – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बोक्सीको आरोपमा पर्सामा एक महिलालाई दुव्र्यवहार

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं

पर्सामा एक महिलालाई बोक्सीको आरोपमा दुव्र्यवहार भएको छ । बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइ गाउँ घुमाईएको घटना सार्वजनिक भएको हो । छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै गाउँ परिक्रमा गराएका हुन् । जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले समेत घटनाको विरोध नगरेको पाइएको छ । उनको देब्रे कुम, ढाड लगायत शरीरको विभिन्न भागमा कुटपीटका कारण निलडाम बनेको छ । गत असार ३१ गते उनीमाथि दुर्व्यवहार भएको हो । गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध ति महिलाले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् । बुधबार आरोपीहरुले पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए । बुडगाइँ प्रहरी चौकीबाट प्रहरी टोली गएर महिलाको उद्धार गरेको थियो । आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षका इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिका सदस्य सुवास साह कानुलगायत फरार अभियुक्तहरुको खोजी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । घटनाका विषयमा बुझ्दा गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले घटनाका राजनीतिक व्यक्तिको संलग्नता नभएको दाबी गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्