प्रतिभा टोलमा वृक्षारोपण – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रतिभा टोलमा वृक्षारोपण

    मा प्रकाशित

लक्ष्मण बस्नेत

साउन ३, दाङ ।

प्रतिभा टोल विकास सस्था तुलसीपुर ५ ङ लाईनमा आज शनिवार वृक्षारोपण गरिएको छ । तुलसीपुर उपमहानगर को ग्रिन क्लिन अभियान अन्तरगत उपमहानगरको आर्थिक एवं प्राविधिक सहयोग तथा टोल विकास संस्थाको सयोजनमा वृक्षारोपण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका वातावरण संयोजक एवम् वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेले कपुर जातको विरुवा रोपेर वृक्षारोपण को सुरुवात गरिएको थियो । टोल विकास संस्थालाई सुन्दर हरियाली र वातावरण मैत्री बनाउने उद्देश्यका साथ गरिएको वृक्षारोपणमा राज वृक्ष,बज्रदन्ती,वीरेन्द्र फूल,राउन्ड धुपी,कल्पिफुल,गुलमोर निम,लहरेअशोक,श्रीखण्ड,कपुर,चाँदनी,कामनी फूल सेतो,रुद्राक्ष,ज्याग्रण्डा निलो फुल लगायतका १४ प्रजातिका विरुवा रोपिएको छ ! वृक्षारोपण को औपचारिक कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष प्रेम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका वातावरण संयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछाने को प्रमुख आतिथ्य एवं ग्रिन तुलसीपुर क्लिन तुलसीपुर अभियानका अभियान्ता बिमल रिजालको विशिस्ट आतिथ्यमा भएको थियो । सो अबसर मा तुलसिपुर उधोगबाणिज्य सघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, सदस्य टेक प्रकाश केसी,टोल बिकास संस्थाका पदाधिकारी तथा साधारण सदस्यको उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन टोल वसकास संस्थाका सचिव लक्ष्मण बस्नेतले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्