पर्यटन पूर्वाधारको खर्च ४४ प्रतिशत – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

पर्यटन पूर्वाधारको खर्च ४४ प्रतिशत

    मा प्रकाशित

कनिका खबर
साउन ३, दाङ ।
दाङमा पर्यटन प्रवद्र्धन तथा विकासमा ४४ प्रतिशत रकम खर्च भएको छ । पर्यटकीय प्रवद्र्धनका लागि प्रदेश सरकारबाट आएको ११ करोड मध्य ४४दशमलव २९ अर्थात ४ करोड ८७ लाख १९ हजार एक सय ९६ ?पैया खर्च भएको जनाएको छ ।
डिभिजन वन कार्यालय शुक्रवार घोराहीमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी यस्तो जानकारी गराएको हो । आर्थिक वर्ष २०७६÷०७७ मा ११ करोड रकम मध्य आधा कम ४ करोड मात्रै खर्च भएको जनाएको हो । अन्य योजनाहरुमा बजेट खर्च भए पनि घोराही उपमहानगरपालिका–१३ मा रहेको ब्राहकुने दल बहुउद्देश्य पार्क निर्माण र दंगीशरण गाउँपालिकामा कल्चरल पार्क तथा सालिक निर्माणमा बजेट खर्च हुन नसकेको डिभिजन वन कार्यालय घोराहीका प्रमुख दिपक ज्ञवालीले जानकारी दिएका छन् ।

लकडाउनका कारण काम गनृ नसक्दा धेरै बजेट फिर्ता भएको उनले बताए । ‘बन्दाबन्दीका कारण यो वर्ष धेरै पूर्वाधार विकासमा काम गर्नसकेका छैनौँ’–प्रमुख ज्ञवालीले भने–‘यो वर्ष पर्यटन क्षेत्रको धेरै बजेट खर्च हुन सकेन । ’ उनका अनुसार चमेरे गुफा तथा सुकेदह संरक्षण एवं सौन्दर्यीकरण गर्ने काम, छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण, पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानीको मुहान संरक्षण, तुलसीपुरमा बोटानिकल गार्डेन, घोराहीमा मल्टिपर्पोज बोटानिकल गार्डेन निर्माण, शहीद स्मारक पार्क निर्माण, धारापानी धार्मिक क्षेत्रमा पार्कसहित भौतिक पूर्वाधार निर्माण, बंगलाचुलीमा पार्क निर्माण, तुलसीपुरमा नवदुर्गा सामुदायिक आधुनिक ग्रीनपार्र्क निर्माणलगायतका काम भएको कार्यालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्