दाङमा गत वर्ष एक स्थानमा पनि वन डढेलो लागेन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा गत वर्ष एक स्थानमा पनि वन डढेलो लागेन

    मा प्रकाशित

कनिका खबर
साउन ३, दाङ ।
डिभिजन वन कार्यालय दाङको कार्यक्षेत्र रहेको वनमा गत बर्ष वन डढेलो शून्य भएको छ । आफ्नो कार्य क्षेत्र रहेको ६ वटा पालिकामाका कुनै पनि वनमा वन डढेलो नलागेको भन्दै कार्यालयले गत बर्षलाई सून्य डढेलो बर्ष घोषणा गरेको छ ।

घोराहीमा एक कार्यक्रमको आयोजना गरी डिभिजन वन कार्यालय अन्तर्गत पर्ने दाङका ६ वटा स्थानीय तहको कुनै पनि वन क्षेत्रमा आगलागी नभएको डिभिजन प्रमुख दिपक ज्ञवालीले जानकारी दिए । ‘वन डढेलोको दृष्टिकोणले यो क्षेत्र अति संवेदनशिल क्षेत्रमा रहेको थियो’–प्रमुख ज्ञवालीले भने–‘तर यो बर्ष मौषमको साथसँगै कार्यालयको सक्रियताले वनमा आगलागी भएन ।’ यो दाङका लागि ठुलो उपलब्धी भएको समेत उनले बताए । कार्यालयलले गएको बर्षमा दाङमा सुन्य वन डढेलो महाअभियान शुरु गरेको थियो ।

पछिल्लो सात बर्षमा दाङका बिभिन्न ४ सय ६३ स्थानमा वन डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । आगलागीका कारण दाङमा ४२ हजार ६ सय १९ हेक्टर वन क्षेत्र प्रभावित भएको प्रमुख ज्ञवालीले जानकारी दिएका छन् । आगलागीकै कारण दाङमा १ जनाको मृत्य, ९ घर, ५ सय ३४ क्यूफिट काठ जलेर नष्ट भएको कार्यालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्