काङ्ग्रेस समानुपातिक सांसद् ज्वारचनको आज सपथ ग्रहण – Kanika Khabar
Sunday, April 20Nepali News Portal

काङ्ग्रेस समानुपातिक सांसद् ज्वारचनको आज सपथ ग्रहण

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
नेपाली काङ्ग्रेसको तर्फबाट समानुपातिक सांसद सुवर्ण ज्वारचनले आज दिउँसो पद तथा गोपनीयताको सपथ लिने भएका छन् । पार्टीका तर्फबाट यसअघिका समानुपातिक सांसद रहेकी ज्ञानकुमारी छन्त्यालको निधन भएपछि काङ्ग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीबाट समानुपातिक सांसदमा ज्वारचनको नाम सिफारिस गरेको हो ।
ज्वारचनले दिउँसो २ बजे संसद सचिवालय सिंहदरवारमा सभामुख अग्नी सापकोटा समक्ष पद तथा गोपनीयताको सपथ लिनेछन् । ज्वारचन यसअघि पनि गुल्मीबाट सभासद भएका थिए । स्वर्गीय सांसद छन्त्याल २०७४ सालको प्रतिनिधिसभामा सामानुपातिक सांसद थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्