प्युठानमा ट्याक्टर दुर्घटना, एकै गाउँका ५ जना गरी ७ जनाको ज्यान गयो – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्युठानमा ट्याक्टर दुर्घटना, एकै गाउँका ५ जना गरी ७ जनाको ज्यान गयो

    मा प्रकाशित

सन्तोस शर्मा

प्युठान, ४ साउन ।

गएराती प्युठानमा टयाक्टर दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । रोल्पावाट मजदुर लिएर प्युठानतर्फ जादै गरेको लु २ त ४२३४ न को ट्याक्टर स्वर्गद्वारी नगरपालीका ३ रुमालेको भिरवाट खस्दा रोल्पा रुन्टीगढी गाउँपालीका ५ बाइजाका एकै गाउँका ६ जना र त्रिवेणी गा.पा २ वाकुलका टयाक्टर चालक सहित ७ जनाको ज्यान गएको घटनास्थलमा रहनुभएका रुन्टीगढी ५ का वडाअध्यक्ष याम बहादुर दशौदीले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा रुन्टीगढी ५ बाइजाका सागर वस्नेत,रिम बहादुर वस्नत,कविराम वस्नेत,थम्मन वाठा विरेन्द्र बाठा र गोवर्धन बुढा त्यस्तै टयाक्टर चालक त्रिवेणी २ बाकुलका कमल कवर रहेका छन । राती करीव  ११ वजे ट्याक्टर दुर्घटना भएको र एकजना भने हामफालेर वाच्न सफल भएका छन । मृतको उद्धार गरी अहिले पोस्टमार्टमका लागी लगीसकीएको वताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्