विद्यालय सञ्चालनको व्यवस्थापन यथाशीघ्र हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विद्यालय सञ्चालनको व्यवस्थापन यथाशीघ्र हुने

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
घोराही नगर प्याब्सनले शिक्षा, युवा तथा खेलकुद महाशाखा घोराही उपमहानगरपालिकालाई विद्यालय सञ्चालनको व्यवस्थापन गर्न आग्रह गरेको छ । कोभिड १९ को महामारीका कारण लामो समयसम्म बन्दाबन्दीमा परेका विद्यालयहरुलाई बिस्तारै सञ्चालनको व्यवस्थापन मिलाउनका लागि घोराही नगर प्याब्सनले यस्तो आग्रह गरेको हो । सो अवसरमा यथाशीघ्र विद्यालय सञ्चालनको व्यवस्थान गरिने महाशाखाले बताएको छ ।
आज आइतबार कार्यालयमा पुगी विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि एक पत्र हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएको हो । घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दको नेतृत्वमा पुगेको टोलीले पत्र हस्तान्तरण गरेको हो । कार्यक्रममा महशाखाका प्रमुख बिनोद गौतमले विद्यालय सञ्चालन गर्ने सन्दर्भमा आफूहरु सकारात्मक भएको र यसलाई यथाशीघ्र व्यवस्थापन गर्ने बताएका थिए । त्यस्तै महाशाखा शिक्षा अधिकृत नारायण पौडेलले पनि अब छिटै नै शिक्षा समितिको बैठक बसी यस विषयलाई टुङ्गो लगाउने पक्षमा आफूहरु रहेको बताए ।
प्याब्सन दाङका वरिष्ठ सल्लाहकार शरद कुमार शर्मा, सल्लाहकार विनयकुमार मिश्र, पूर्व सल्लाहकार दिप बहादुर के.सी. लगायतले संस्थागत विद्यालयका समस्या राखेका थिए । कार्यक्रमको सहजीकरण प्याब्सन दाङका सचिव खगेश्वर पौडेलले गरेका थिए ।

र, यो पनि पढ्नुहोस्

संस्थागत विद्यालयले बुझाए स्थानीय निकायमा ध्यानाकर्षण पत्र

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्