धादिङमा दुई एम्बुलेन्स थन्किए – Kanika Khabar
Friday, April 26Nepali News Portal

धादिङमा दुई एम्बुलेन्स थन्किए

    मा प्रकाशित

कनिका खबर
साउन ४, धादिङ ।
जिल्ला अस्पताल धादिङको लापर्वाहीका कारण अस्पतालको दुईवटा एम्बुलेन्स अलपत्र रुपमा थन्किएको छ । भारत सरकारबाट सहयोग प्राप्त बा १ झ ८०१८ नम्बरको २०७३ सालमा चलिरहेको एम्बुलेन्स अस्पतालले विविध कारण देखाई थन्काइएको हो ।
बागमती प्रदेश सरकारसँग समन्वय गरि उक्त एम्बुलेन्स अहिले कवाडीमा बेच्ने तयारी गरिरहेको पाइएको छ । यस्तै हिमालयन हेल्थ कियर नेपालबाट जिल्ला अस्पताल धादिङले सहयोग प्राप्त गरेको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स लकडाउन कै बेला बैशाख १७ गते नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको थियो ।
एम्बुलेन्स चालकले नचलाएर सिकारुले चलाएको बेला दुर्घटना भएको पाइएको छ । दुर्घटनामा परेको एम्बुलेन्स मर्मतको लागि काठमाडौ लगिए पनि ग्यारेजमा नै थन्किएर बसेको अस्पताल स्रोतले जनाएको छ ।
अहिले जिल्ला अस्पताल धादिङमा आपतकालिन अवस्था सिर्जना भईमा विरामीहरु जिल्लाबाहिर लैजानु पर्यो भने २५ किलो मिटर भन्दा टाढाबाट एम्बुलेन्स मगाउनु पर्ने बाध्यता रहेको छ । अस्पतालको चरम लापर्वाहीका कारण एउटा चल्दा चल्दै कवाडी बनाउने र अर्को सिकारुलाई सिक्न दिएर दुर्घटना गराउने कार्यले अहिले जिल्ला अस्पताल एम्बुलेन्स विहिन बनेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्