काठमाडौँमा छिमेकी छिमेकीबिच झडप हुँदा एकजनाको मृत्यु – Kanika Khabar
Sunday, April 19Nepali News Portal

काठमाडौँमा छिमेकी छिमेकीबिच झडप हुँदा एकजनाको मृत्यु

    मा प्रकाशित

काठमाडौँ, १६ साउन ।
काठमाडौँमा छिमेकी छिमेकीबिच झडप हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको काठमाडौँ महानगरपालिका वडा नँबर १७, पोडेटोलस्थित २ नम्बर गल्लीमा भएको झडपमा एक जनाको मृत्यु भएको हो । झडपमा परेर एकजनाको मृत्यु र छजना घाइते भएको प्रहरीले जनाएको छ ।

छिमेकी छिमेकीबिच विजाद हुँदा धारिलो हतियार प्रहारबाट ३३ वर्षका अनित पुनारीको मृत्यु भएको छ ।

घटनामा स्थानीय सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी, अमृत पुजारी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बुधबार अन्दाजी अपराह्न तीन बजेर ५० मिनेट जाँदा पोडेटोलको दुई नम्बर गल्लीमा छिमेकी-छिमेकी बीच विवाद भएको थियो। सोही क्रममा धारिलो हतियार प्रहार हुँदा अनितको मृत्यु भएको हो।

घटनामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी छन्।

उनीहरूका साथबाट खुकुरी एक थान बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्