दङ्गीशरणमा थप २ जनामा कोरोना पुष्टि – Kanika Khabar
Sunday, April 20Nepali News Portal

दङ्गीशरणमा थप २ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार दङ्गीशरण गाउँपालिकामा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दङ्गीशरणको विरेन्द्र माविमा रहेको २५ जनाको स्वाव परीक्षण गरेकोमा २ जनाको कोरोना पोजेटिभ आएको हो ।

दङ्गीशरण गाउँपालिका वडा नं.३ र ६ नं. का दुई पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई अहिले बेलझुण्डीमा लगिएको छ । उनीहरुको स्वाव नेपालगंजमा परीक्षणका लागि पठाईएको थियो ।

त्यस्तै यो भन्दा पहिला ३ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भएर घर फर्किसकेको दंगीशरण कोभिड फोकल पर्सन बालकृष्ण भण्डारीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्