कनिका खबर
साउन ५, दाङ ।
आज सोमबारे औशी परेको छ । आजको दिन नबोली नुहाउने दिन पनि हो । हरेक महिनामा एउटा औशी हुन्छ तर सोमबारको औशीको संयोग भने कहिलेकाही मात्र हुने गर्दछ । यो पर्वका दिन स्नान र दान दिनको लागि शुभ मानिन्छ । आजको दिनमा श्रदालु भक्तजनहरु स्नान गर्न नजिकै रहेको तिर्थस्थलमा गएर स्नान गर्दछन ।
धार्मिक शास्त्रीय अनुसार महाभारतका पात्रहरुले आफ्नो जीवनकालमा आजको दिन सोमबारे औशीको तिथि प्राप्त गर्न नसकेको भनाई रहेको छ ।
वैदिक सनातनिका अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भन्ने आम जनविश्वास रही आएको छ । सोमबारको दिनलाई चन्द्रमाको दिन भनेर मानिन्छ । सोमबारका दिनलाई आरध्य देव भगवान शिवजीको दिन पनि मानिन्छ । आजको दिन भगवान शिवजीमै समर्पित बार हो ।
सोमबारे औशीमा विहान उठेर नबोली स्नान गर्नाले एक हजार गाई दान गरे बराबरको फल मिल्दछ भन्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ । सोमबारको योग अन्य तिथि बारको योग भन्दा विशेष महत्वपुर्ण मानिन्छ ।
यस औंशीका दिन पिपलको वृक्षको फेदमा लक्ष्मीसहित भगवान विष्णु आएर बस्नुहुने हुनाले यस दिन पिपलका फेदमा विष्णुलक्ष्मीको पूजा गर्न गर्दछन । यस दिन पिपलको पूजा गरी दीपदान र पिपलका जरामा जलदान समेत गर्नुपर्दछ । यसरी पूजा दिप दान र जलदान गर्नाले निकै शुभ र राम्रो रहन्छ ।
२०७७ साल साउन महिलाको औशी महासंयोग हो । साउन सोमबार र औशी पर्नु आफैमा महत्वपूर्ण कुरा हो । तसर्थ सोमबारे औशींको दिन केके गर्ने त ?
१ सोमबारे औशींको दिन हामी कसैसँग नबोलीकन नुहाउनुपर्छ । सुर्य उदाउनुभन्दा अगाडि कोहीसँग नबोली पानीलाई गंगा सम्झेर पूजा गर्नुहोला ।
२. त्यसपछि आफ्नो नित्य कर्महरु गर्नुहोस् ।
३. सोमबारको दिन ब्रत बस्नुहुन्छ भने रुद्राक्ष अनिवार्य लगाउनुहो् ।
४. पहेलों केशरी अवश्य लगाउनुहोस् ।
५. सोमबार , साउन र औशी परेकोले शिवलाई विशेषरुपमा पुजा गर्नुहोस् ।
६. आफ्नो लक्ष्य मनमा लिएर संकल्प गरेर पूजा गर्नुहोस् ।
७. पृतृको लागि महत्वपुर्ण भएकोले उहाँहरुको लागि सेतो तथा पहेलो वस्त्रले पूजा गर्नुहोस् ।
८. पीपलमा जल चढाउनुहोस् ।
९. औशीमा जन्मेका व्यक्त्तिहरुले केही कुराहरु दान गर्नुहोस् तपाईलाई पनि राम्रो हुनेछ ।