नेकपाको सचिवालय बैठक २० गते पूनः बस्ने, स्थायी कमिटी बैठकको टुङ्गो २० गते लाग्ने : प्रवक्ता श्रेष्ठ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाको सचिवालय बैठक २० गते पूनः बस्ने, स्थायी कमिटी बैठकको टुङ्गो २० गते लाग्ने : प्रवक्ता श्रेष्ठ

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १७, काठमाडौँ ।
बडो अर्थपूर्ण रुपमा हेरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । पार्टीभित्र बढ्दै गएको गुट उपगुटका कारण पनि आजको वैठकलाई महत्वका साथ हेरिएको थियो । आज बसेको बैठकमा पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै ठोस निर्णय भने हुन सकेन ।

आजको बैठकमा त्यस्तो कुनै ठोस निर्णय हुन नसकेपछि २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘‘आजको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जोडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र छलफल अझै जारी छ ।’’ साथै उनले थपे, ‘‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पूनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढङ्गले अगाडि बढाउने र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ । र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्नेछ ।’’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्