कनिका खबर
साउन ५, काठमाडौँ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने आधिकारिक निर्णय नगरे पनि सार्वजनिक यातायातका साधन भने चल्न थालेका छन् । सरकारले गत असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीका समस्या मौद्रिक नीतिबाट सम्बोधन भएपछि सार्वजनिक यातायातका साधन सडकमा चल्न थालेका हुन् ।
यातायात व्यवस्था विभागसंग यातायात व्यवसायीले छुट्टा छुट्टै रुपमा छलफल गर्दै सञ्चालन गर्न थालेका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले भने यातायात व्यवसायीलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर मात्र सञ्चालन गर्न आग्रह गरेका छन् । काठमाडौं उपत्यकासहित केही स्थानमा भने छोटो दूरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ ।
मा प्रकाशित