निकेश खनाल
साृन ५,महोत्तरी ।
महोत्तरीको बर्दिवास नगरपालिका स्थित रातु खोलामा नुहाउन गएका एक जनाको डुबेर मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १४ का १६ वर्षीय रोहित मिश्रको हिजो रातु खोलामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दिवाका प्रहरी निरीक्षक सोनुकुमार शाहले जानकारी दिए ।
रोहित हिजो दिउँसो उनका साथीहरु रवी शाह र निशान्त कोईरालासँग खोलामा नुहाउन गएका थिए । नुहाउने क्रममा खोलाको बिच भागमा खाल्डोमा पुगेर डुबेपछि उनीसँगै नुहाउन गएका साथी दुबैले उद्धार गर्न प्रहरी र स्थानीयलाई खबर गरेका थिए । खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिवासको टोली र स्थानीयले मिश्रलाई खोलाबाट निकाली बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा भर्ना गरेलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मा प्रकाशित