मा प्रकाशित
कनिका खबर
साउन ५, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ । आइतबार भएको खेलमा टोटेनहमले लेष्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।
टोटेनहम स्टेडियममा छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । जितसँगै टोटेनहम लिगको छैटौं स्थानमा उक्लिएको छ । टोटेनहमले ३७ खेलमा ५८ अंक जोडेको छ । लेष्टर ६२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।