कनिका खबर
साउन ५, दाङ ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५–० गोल अन्तरले पराजित गरेको हो । डिपोर्टिभोको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक एक गोल गरेका थिए ।
यससँगै मेस्सीले यस सिजन लिगमा २५ औं गोल पूरा गरेका छन् । जितसँगै बार्सिलोनाले दोश्रो स्थानमा रहेर सिजनको सुखद अन्त्य गरेको छ । बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । बार्सिलोना च्याम्पियन रियल भन्दा ४ अंकले पछि रहेको छ । रियलले एक खेल खेल्न बाँकी रहेको छ ।
मा प्रकाशित