मौसम अपडेट : आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मौसम अपडेट : आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालतिर सरेको अवस्था छ । विभागको मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनेछ । रातिपनि प्रदेश १, २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा धेरै हुने स्थानमा बाढि, पहिरो र डुबानको जोखिम रहेको भन्दै महाशाखाले सचेत रहन अनुरोध समेत गरेको छ ।

आज नारायणी नदीमा बहाव बढ्ने सम्भावना रहेको छ । साथै यस नदीका आसपास हुने र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज कन्काई, कोशी, कमला, बागमती, तिनाउ, बबई, पश्चिम राप्तीका केही सहायक नदीमा बहाव बढ्ने पूवानुमान शाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्