ग्रेस इन्टरनेसनलको १७ औँ शाखा उद्घाटन – Kanika Khabar
Monday, February 16Nepali News Portal

ग्रेस इन्टरनेसनलको १७ औँ शाखा उद्घाटन

    मा प्रकाशित

दाङ, ३ भदौ ।
ग्रेस इन्टरनेसनलको १७ औँ शाखा दाङमा उद्घाटन भएको छ । शनिबार दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी संस्थाको १७ औँ शाखा उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष दिपेन्द्र घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

दाङमा १७ औँ शाखा स्थापना गरेको ग्रेस इन्टरनेसनलले विगत लामो समयदेखि विद्यार्थी भिसामा विदेश जाने विद्यार्थीका लागि अभिमुखीकरण गर्दै आएको छ । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको संस्थाले वैदेशिक अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि सहजीकरण गर्ने काम गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्