परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता – Kanika Khabar
Tuesday, February 17Nepali News Portal

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता

    मा प्रकाशित

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन्।

हिजो आइतबार नयाँ दिल्ली पुगेकी राणाले आज सोमबार जयशंकरसँग भेटवार्ता गरेकी हुन्। भेटवार्ताका क्रममा दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

यद्यपि भेटवार्तामा छलफल भएका विषयको विस्तृत विवरण सार्वजनिक हुन बाँकी नै छ। विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा राणासँगको तस्वीर सार्वजनिक गर्दै भारतमा स्वागत गरेका छन्।

परराष्ट्रमन्त्री राणाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने बताइएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्