तिर्थराज ज्ञवाली
साउन ५, दाङ ।
रक्क्तदान जीवनदान भन्ने उद्देश्यका साथ राप्ती गाउँपालिकाको कार्यालयमा रक्क्तदान कार्यक्रम हुने भएको छ ।
पछिल्लो समय ब्लड बंैकमा रगतको अभाव देखिन थालेपछि राप्ती गाउँपालिकाले अति आवश्यक क्षण र जीवन मरणको समयमा आवश्यक पर्ने रगतको अभाव लाई केही हदसम्म पूरा गर्ने उद्देश्यले रक्क्तदान कार्यक्रमको आयोजना गर्न थालेको बताइएको छ ।
नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखाको समन्वय, नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र घोराहीको प्राविधिक सहयोगमा राप्ती गाउँपालिका स्वास्थ्य शाखाले रक्क्तदान कार्यक्रमको आयोजना गर्न थालेको हो ।
आगामी साउन ९ गते शुक्रवारका दिन विहान ७ बजे देखि १० बजेसम्म गाउँपालिकाको सभा हलमा रक्क्तदान गरिने छ ।
स्वस्थ्य ब्यक्तिले रक्क्तदान कार्यक्रममा सहभागी भै रक्क्तदान गर्न राप्ती गाउँपालिका, नेपाल रेडक्रस सोसाईटी लालमटिया उपशाखा र रक्त सञ्चार सेवा केन्द्र घोराहीद्वारा सबैमा अनुरोध समेत गरिएको छ ।
मा प्रकाशित