सुतली बम विष्फोट गराउने दुई युवालाई अनुसन्धानका लागि अदालतबाट म्याद थप्दै – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

सुतली बम विष्फोट गराउने दुई युवालाई अनुसन्धानका लागि अदालतबाट म्याद थप्दै

    मा प्रकाशित

घोराही, ६ भदौ ।
दाङकाे घाेराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसकाे गेट नजिक सुतली बम विष्फोट गराएकाे आराेपमा पक्राउ परेका दुई युवालाई जिल्ला अदालत दाङबाट म्याद थप गराई थप अनुसन्धान गर्ने प्रहरीले तयारी गरेकाे छ ।

आज बिहीबार बिहान करिब ९ बजेतिर क्याम्पसकाे गेट नजिक सुतली बम विष्फोट गराएर भाग्दै गरेका घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का सुभम कार्की र अभियान थापालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

थप अनुसन्धानका लागि मुलुकी आचार संहिता,२०७४ को परिछेद-७ अन्तरगत बिष्पोटक पदार्थ सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गर्ने तयारी रहेकाे प्रहरीले जनाएको छ

रा ८ प ३३२३ नम्बरको मोटरसाईकलमा आएका उनीहरूले जुटको बोरीमा बेरेर शङ्कास्पद वस्तु फालेका थिए । शङ्कास्पद बस्तु फालेकाे केही बेरमै विष्फोट भएकाे थियाे ।

विष्फोटकाे खबर पाउनासाथ घटनास्थलमा पुगेकाे प्रहरीले मोटरसाइकलमा पछाडि सवार सुभम कार्कीलाई भागिरहेको अवस्थामा घटनास्थलबाट नियन्त्रणमा लिएको थियाे ।

मोटरसाइकल चालक अभियान थापालाई बिहान ९:३५ बजेतिर भरतपुर क्याम्पस रोडबाट पैदल भागिरहेको अवस्थामा नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राप्रसाद तिमल्सिनाले बताएका छन् । विष्फोटबाट मानवीय तथा चौपायकाे क्षति नभएको प्रहरीले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्