अब लुम्बिनी प्रदेशका सबै जिल्लामा पर्यटन कार्यालय – Kanika Khabar
Monday, February 16Nepali News Portal

अब लुम्बिनी प्रदेशका सबै जिल्लामा पर्यटन कार्यालय

    मा प्रकाशित

दाङ,७ भदौ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने भएको छ ।

मन्त्री परिषद बैठकले प्रदेशका १२ वटै जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालय समेत रहने निर्णय गरेको हो ।

साथै पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ ।अहिले सम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो ।

उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले यो प्रस्ताव मन्त्री परिषद बैठकमा पेश गर्नु भएको थियो । मन्त्री न्यौपानेले पेश गरेको प्रस्ताव मन्त्री परिषदबाट निर्णय भएको हो ।

पर्यटन कार्यालय प्रदेशका सबै जिल्लामा स्थापना गर्दा सहज हुने भएकाले सबै जिल्लामा कार्यालय स्थापनाका लागि आफुले मन्त्री परिषदम सिफारिस गरेको र मन्त्री परिषद बाट यो निर्णय भएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले जानकारी दिए ।

सबै जिल्लामा पर्यटन कार्यालय समेत स्थापना भएकाले पर्यटन विकासमा सहज हुने समेत मन्त्री न्यौपानेले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्