नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

    मा प्रकाशित

काठमाडौं । नेपाल साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

अब उपाधिका लागि नेपालले भारत वा बंगलादेश मध्ये एक टोलीसँग बुधबार दशरथमा प्रतिस्पर्धा गर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्