सिनोभेक बायोटेकले तयार पारेको खोपको तेस्रो परीक्षणका लागि अनुमति – Kanika Khabar
Friday, January 17Nepali News Portal

सिनोभेक बायोटेकले तयार पारेको खोपको तेस्रो परीक्षणका लागि अनुमति

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
बंगलादेश सरकारले चीनको सिनोभेक बायोटेकले तयार पारेको खोपको तेस्रो परीक्षणका लागि अनुमति दिएको छ । बंगलादेश दक्षिण एशियाको सबैभनदा धेरै जन घनत्व भएको देश हो र त्यहाँ कोरोना सङ्क्रमण पनि तीव्र गतिमा फैलिँदै गएको छ ।
बंगलादेशको द इन्टरनेशनल सेन्टर फोर डिजिज रिसर्चका अनुसार आगामी महिनादेखि कोरोना भाइरस विरुद्ध बनेको खोपको परीक्षण सुरु हुने बताएको छ । बंगलादेश मेडिकल रिसर्च काउन्सिलका निर्देशक महमूद जहानले खोप सम्बन्धी अध्ययन वरियताको समीक्षापछि चीनको सैद्धान्तिक रूपले अनुमति दिएको बताउनुभयो ।
समाचार संस्था रोयटर्सका अनुसार खोपको परीक्षण ४ हजार २ सय जनामा गरिने र यो परीक्षण राजधानी ढाकाका विभिन्न ७ कोभिड अस्पतालमा गरिने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्