भारतमा कोरोना सङ्क्रमितको संख्या ११ लाख नाघ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

भारतमा कोरोना सङ्क्रमितको संख्या ११ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
भारतमा कोरोना सङ्क्रमितको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ४० हजार चार सय २५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ सय ८१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २७ हजार ४ सय ९७ पुगेको छ । भारतमा एकै दिन भेटिएको यो हालसम्म कै धेरै संख्या रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय दक्षिण एसियाली मुलुक भारत कोरोना महामारीका कारण प्रभावित हुँदै गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्