पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध – Kanika Khabar
Saturday, April 27Nepali News Portal

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन ५, काठमाडौं
नारायणगढ–मुग्लिन सडकको चारकिलो, कालीखोलामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको । काठमाडौं र पोखरालाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक बिहान चार बजेतिर पहिरो गएर अवरुद्ध भएको हो । पहिरो ठूलो भएकाले आज दिनभर जसो नै सडक अवरुद्ध भएको चितवनका सहायक प्रमखु जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सीआइएनलाई जानकारी दिनुभयो । उहाँले तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गनुभएको छ ।

बिहान चार बजेतिर पहिरो गएको र अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइनसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार तीन गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो ।

अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको आयोजनाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्