कनिका खबर
साउन ५, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । सरकारी निर्णय अनुसार जिल्लाभित्र चल्नेगरी सवारी साधन सञ्चालनमा आएको हो । चैत्र ११ गतेको लकडाउन अर्थात् बन्दाबन्दीपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीहरुले बताएका छन् ।
कोरोना सङ्क्रमणको त्रासले समस्या उत्पन्न भएपनि सर्वसाधारणको समस्यालाई केन्द्रीत गरेर सवारी सञ्चालनमा ल्याइएको अरनिको यातायात समिति जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिए ।
जिल्लाभर छोटा दुरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दुरि कायम राखी मास्क, सेनिटाइजरलगायतको सुरक्षा विधि अपनाएर मात्रै सवारी चढ्न पाइने उनले बताए । सरकारले लामो समयपछी बस सञ्चालन भएको र मापदण्ड पुरा गरी यात्रु बोक्नु परेकोले बसको भाडादर भने साबिकको भन्दा ५० प्रतिशतले वृद्धि गरेको छ ।