८० हजार घुस सहित दुइ जना सब–इन्जिनियर पक्राउ – Kanika Khabar
Thursday, March 23Nepali News Portal

८० हजार घुस सहित दुइ जना सब–इन्जिनियर पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ५, बारा ।
जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब–इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस रकमसहित पक्राउ गरेको छ । डिभिजन कार्यालय बाराका सब इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका सहयोगी चन्दन जैसवाललाई ८० हजार घुससहित आयोगको हेटौडा कार्यालयको टोलीले हिजो साँझ पक्राउ गरेको हो ।
सब इन्जिनियर जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुसस्वरूप ८० हजार रुपयाँ लिई भाग्न खोज्दा दुबै जना कलैया नगरपालिका चारमा रहेको सब इन्जिनियर जैसवालको घरबाट पक्राउ परेको आयोगले जनाएको छ ।
कलैया उपमहानगरपालिका १५ मा रहेको पसाहा खोला नियन्त्रणका लागि जाली बोल्डर गर्न २० लाखको ठेक्कामा सव इन्जिनियर जैसवालले ठेकदारसँग रकम मागेको र ठेकदारले उक्त प्रस्ताव अस्विकार गरेपछि चार लाख रुपैयाँ घुस मागेको र त्यो पनि दिन नसक्ने जवाफ दिएपछि २० लाखको योजनाको नौ लाख ९५ हजार रुपैयाँ मूल्यांकन गरेर त्यसमा पनि एक लाख रुपैयाँ घुस मागेर सेवाग्राहीलाई दुख दिएको सेवाग्राहीले जनाएका छन् । अख्तियारले केही दिन अघिदेखि सब इन्जिनीयर जैयसवालमाथि निगरानी बढाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्