‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’को शुभारम्भ – Kanika Khabar
Saturday, March 22Nepali News Portal

‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’को शुभारम्भ

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ को शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक श्री फारिस हदाद जर्भोसले आज एक कार्यक्रमका विच शुभारम्भ गरेका हुने ।
विश्व बैंकमा करीव १४ अर्ब रुपैयाँ बराबर सहयोगमा ‘युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’ नाम दिइएको यो कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
आन्तरिक रोजगारी प्रवर्द्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्य आयोजनाले लिएको विश्व बैंकले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरी आगामी चार बर्षसम्म सञ्चालन हुने यस आयोजनाको कुल रकम एक सय २० मिलियन अमेरिकी डलर अर्थाथ करिब १४ अर्ब रूपैयाँ बराबर रहेको विश्व बैंकले उल्लेख गरेको छ ।
नेपाल सरकार (अर्थ मन्त्रालय) र विश्व बैंक बीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने कार्य मार्फत रोजगारी सृजनामा खर्च गरिनेछ । जसमध्ये एक लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राही मध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् । स्थानीय तहका सात सय ५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचीकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम लगायतका क्रियाकलाप सञ्चालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउने मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्